+

नेपाल भर्सेस लाओस : पहिलो हाफ गोलरहित बराबरी

२०८० असोज  ३० गते १८:४४ २०८० असोज ३० गते १८:४४
नेपाल भर्सेस लाओस : पहिलो हाफ गोलरहित बराबरी

३० असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोटको दोस्रो लेगमा नेपालले लाओससँग खेलिरहेको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भएपनि फिनिसिङ हुन सकेन ।

नेपालका उत्सव राईले अन्जन विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो । यस्तै लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले बचाएका थिए भने चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैले दोस्रो लेगमा विजयी हुने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

दो स्रो लेगको निर्धारित समयमको खेल पनि बराबरी सकिएमा त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिनेछ र त्यसमा पनि नतिजा नआएमका पेनाल्टीसुटआउट हुनेछ ।

विश्वकप फुटबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय