
१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनाएको छ । कार्की गत महाधिवेशन प्रतिनिधिमा कास्कीमा पराजित भएका थिए ।
कांग्रेस परित्याग गरेका उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री पदमा मनोनित गरेको जानकारी गराएका छन् ।
‘उहाँलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको छ । उहाँको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास लिएको छु’, थापाले कार्कीलाई स्वागत गर्दै भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4