
काठमाडौं । शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ सम्पूर्ण तयारी पूरा भएको छ । करिब २५ वर्षपछि हुन लागेको एकल गायन साँझका लागि आफू उत्साहित रहेको गायक यम बरालले अनलाइनखबरलाई बताए ।
‘कार्यक्रमका लागि तयारी पूरा भएको छ । दुई चरणमा गरी भोलि २०-२५ वटा गीतहरु लाइभ ब्याण्डमा प्रस्तुत गर्नेछु,’ उनले भने, ‘यो एकल साँझ सांगीतिक क्षेत्रका लागि सन्देश पनि हुने आशा लिएको छु । साथै यसले मेरा श्रोता-दर्शकलाई रिकल पनि गराउने विश्वास छ ।’
लाइन्स क्लब अफ सिद्धार्थ एभरग्रिनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका लागि एक हजार र भीआईपीका लागि पाँच हजार रुपैयाँ टिकट शुल्क राखिएको छ ।
‘बादलुको घुम्टो’ गीतबाट स्थापित भएका गायक बरालले कार्यक्रमको पहिलो चरणमा सुगम संगीत र दोस्रो चरणमा फिल्मी तथा अन्य फास्टबिटका गीत प्रस्तुत गर्ने जनाइएको छ । बरालका निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, माया बस्यो मुटुमा, दिलमाया दिलमायालगायत दर्जनौं गीत लोकप्रिय छन् ।
प्रतिक्रिया 4