२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करणका लागि स्पोर्टिङ इलाम एफसी डी मेचीबाट खेल्ने ५ विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।
खेलाडीहरु आज सोमबार नेपाल आइपुगेको टिमका प्रशिक्षक मेघराज केसीले जानकारी दिएका हुन् ।
इलामले टिमा आवद्ध गरेका कुनै पनि विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । खेलाडी नेपाल आइपुगे पनि उनीहरुको नाम केही दिनमा मात्रै सार्वजनिक गर्ने टिमका म्यानेजर उत्सव शाक्यले बताए ।
९ टिम सहभागी एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा हुँदै छ । ईलामले झापा एफसीसँग मंसिर ११ गते आफ्नो पहिलो खेल खेल्ने छ ।
प्रतिक्रिया 4