ओडीआईमा विराट कोहलीले बनाए ५० शतकको कीर्तिमान
२०८० कात्तिक २९ गते १७:४८
२९ कात्तिक, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् ।
विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।
तेन्दुलकरले ४५१ औं एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ शतक बनाएका थिए भने कोहलीले २७७ औं खेलमा दक्षिण अफ्रिकाविरुद्ध यही विश्वकपमा शतक हान्दै ४९ शतकको कीर्तिमान बराबरी गरेका थिए । न्युजिल्याण्डविरुद्धको खेलमा उनले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाएर आउट भए ।
कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4