
९ मंसिर, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरका चालक पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार साढे तीन बजेतिर पूर्वखोला-५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4