+

मध्यपुरको पक्षमा बी डिभिजन क्लबहरु, कारबाही नसच्याए एन्फाको गतिविधिमा सहभागिता नहुने

२०८० पुष  ५ गते १९:२६ २०८० पुष ५ गते १९:२६
मध्यपुरको पक्षमा बी डिभिजन क्लबहरु, कारबाही नसच्याए एन्फाको गतिविधिमा सहभागिता नहुने

५ पुस, काठमाडौं । बी डिभिजन क्लबहरुले मध्यपुर युथ एशोसिएसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विरोध गरेका छन् ।

बुधबार बसेको बी डिभिजन क्लबहरुको बैठकले मध्यपुरमाथि भएको कारबाहीको विरोध गरेका हुन् । बी डिभिजन क्लबहरुले यो निर्णय सच्याउन माग गरेका छन् ।

२ पुसमा बसेको एन्फा बैठकले छानबिन पुरा नहुँदासम्म मध्यपुर युथ एशोसिएसनलाई फुटबलका कुनै गतिविधिमा भाग लिन नदिने निर्णय गरेको थियो ।

यो निर्णय नसच्याएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि गतिविधिमा सहभागिता नजनाउने बी डिभिजन क्लबहरुले निर्णय गरेका छन् ।

 

एन्फा फुटबल बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय