+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल र भारतबीच कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युत् आयात–निर्यात हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ११:५०

२२ पुस, काठमाडौं । नेपाल र भारतबीच अब कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युतको आयात–निर्यात हुने भएको छ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले १३२ किलोमोल्ट तथा सो भन्दा कम क्षमताका विद्यमान प्रसारण लाइनबाट भारतको छिमेकी राज्यको प्रसारणलाइन उपयोग गरी दुई देशबीच विद्युत आयात–निर्यात गर्ने बारे विधि/प्रक्रिया स्वीकृत गरिएको छ । यस अनुसार अब नेपालले भारतको विहार तथा उत्तर प्रदेश राज्य स्तरीय प्रसारण प्रणाली प्रयोग गरी नेपाल–भारतबीच विद्युत आयात निर्यात गर्न सकिने भएको छ ।

यो बैठकले टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य भोल्टेज क्षमताका प्रसारण लाइनबाट थप विद्युत निर्यात गर्न सम्भाब्य विकल्पबारे समेत अध्ययन गराउने निर्णय गरेको छ । नेपाल र भारतबीच इनरवा–पुर्निया र न्यू लुम्की–बरेली ४ सय किलोभोल्ट क्षमताका दुई अन्तर देशीय प्रसारण लाइनको निर्माण क्रमशः २०२७/२८ र २०२८/२९ सम्म सम्पन्न गर्न लगानीको मोडालिटी टुग्याउने जिम्मा नेपाल भारत ऊर्जा संयुक्त कार्यदललाई दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?