+

ओसासुनालाई हराउँदै बार्सिलोना सुपर कपको फाइनलमा

२०८० पुष  २७ गते ८:५२ २०८० पुष २७ गते ८:५२
ओसासुनालाई हराउँदै बार्सिलोना सुपर कपको फाइनलमा

२७ पुस, काठमाडौं । ओसासुनालाई २-० ले हराउँदै बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरबको रियादमा भइरहेको सुपर कपमा रोवर्ट लेवान्डोस्की र ल्यामिन यमलले दोस्रो हाफमा गरेको गोलमा बार्सिलोना विजयी भएको हो ।

लेवान्डोस्कीले ५९औं मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

यामलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

अब बार्सिलोनाले उपाधिको लागि रियल मड्रिडसँग खेल्नेछ । रियलले पहिलो सेमिफाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई ५-३ ले पराजित गर्दै फाइनल पुगेको हो ।  फाइनल खेल १४ जनवरीमा रियादमै हुनेछ ।

बार्सिलोनाले सर्वाधिक १४ पटक स्पानिस सुपर कपको उपाधि जित्नेछ ।

बार्सिलोना स्पानिस सुपर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय