ओलम्पिक छनोटको तयारीका लागि बक्सिङ टोली भारत जाने
२०८० माघ २९ गते १९:२०
२९ माघ, काठमाडौं । इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ ।
ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुनेछ ।
हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अञ्जली तेली सहभागी हुने छन् । प्रशिक्षकमा पूर्णबहादुर लामा छन् ।
टोली दुई साता भारतमा प्रशिक्षणमा रहने नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।
टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4