+

साफ यू-१६ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा

२०८० फागुन  ६ गते १८:०३ २०८० फागुन ६ गते १८:०३
साफ यू-१६ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा

६ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले अन्तिम २३ को नामावली सार्वजनिक गरेको हो ।

नेपालमै आयोजना हुने यस प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश र भारत सहभागी हुनेछन् । आयोजक टिम नेपाल २०२२ को संस्करणको विजेता टिम हो ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

प्रतियोगिता फागुन १८ देखि २७ गतेसम्म च्यासल रंगशालामा हुनेछ ।

नेपाली टिम

गोलकिपर : झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली

डिफेन्डर : दिक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृष्टिना तामाङ, अन्शु विक, मिन माया श्रेष्ठ , एलिजा विक र ग्यान्सु डोल्मा

मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बबिता कार्की, आयुषा रेउले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना विक र सबिना तामाङ

फरवार्ड : पूजा गिरी, अनिता राना मगर, यामकुमारी विक र पूर्णिमा थारु ।

महिला फुटबल साफ यू-१६ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय