+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

उम्मेदवार चयनमा प्राइमरी इलेक्सन गर्ने विश्वप्रकाशको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १८:३६

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघ, प्रदेश र स्थानीय तहको चुनावमा उम्मेदवार छनोट गर्दा पार्टी कार्यकर्ताबीच प्रतिस्पर्धा गराउने प्रस्ताव गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री शर्माले उम्मेदवार चयनका लागि प्राइमरी चुनाव महत्वपूर्ण लोकतान्त्रिक विधि हुन सक्ने बताएका छन् ।

शर्माले प्रतिवेदनमा भनेका छन्, ‘राजनीतिक दलहरूले संघ, प्रदेश र स्थानीय तहको उम्मेदवार चयन गर्दा सोही भूगोलको क्रियाशील सदस्य, पार्टी सदस्य वा शुभेच्छुकहरूको सहभागितामा चयन गर्ने ‘प्राइमरी’ पद्धति महत्वपूर्ण लोकतान्त्रिक विधि हुनसक्दछ । क्रमशः ‘पाइलट प्रोजेक्ट’ हुँदै त्यसलाई अंगीकार गर्ने निर्णय नेपाली कांग्रेस गर्दछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ मंसिरमा भएको चुनावमा समानुपातिक पद्धतितर्फका उम्मेदवार चयनका लागि सामाजिक सञ्जालमार्फत प्राइमरी इलेक्सन गरेको बताएको थियो ।

कांग्रेस महामन्त्री शर्माले सम्बन्धित भूगोलको क्रियाशील सदस्य, पार्टी सदस्य वा शुभेच्छुकहरूको सहभागितामा उम्मेदवार चयनका लागि प्राइमरी पद्धति अपनाउने बताएका हुन् ।

यस्तै अर्का महामन्त्री गगन थापाले विधान आगामी महासमिति बैठकबाट विधान संशोधन गर्ने बताए । त्यसबेला संसदीय निर्वाचनका उम्‍मेदवार तय गर्दा वर्तमान व्‍यवस्थालाई निरन्तरता दिने कि प्राइमरी इलेक्शन गर्ने भन्‍ने विषयमा छलछफल गर्न उनले प्रस्ताव राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?