+

चर्च ब्वाइजलाई हराउँदै केपी ओली कपमा आयोजक टिमको सुखद् सुरुवात

२०८० फागुन  ११ गते १७:४२ २०८० फागुन ११ गते १७:४२
चर्च ब्वाइजलाई हराउँदै केपी ओली कपमा आयोजक टिमको सुखद् सुरुवात

११ फागुन, काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो संस्करणमा आयोजक टिम केपी ओली एफसीले विजयी सुरुवात गरेको छ ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उदघाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गरेको हो । केपी ओली एफसीका लागि जय गुरुङले २ र फोडे फोफानाले १ गोल गरेका हुन् ।

खेलको ५८ औं मिनेटमा रोहन कार्कीको पासमा फोडे फोफानाले वान बाई वानमा गोल गर्दै केपी ओली एफसीलाई अग्रता दिलाएका हुन् । पहिलो गोलको १० मिनेट पश्चात फोडेकै पासमा जय गुरुङले गोल गरेका हुन् ।

खेलको ७९ औं मिनेटमा चन्दन दासको कर्नरमा पुन जय गुरुङले हेडर मार्फत व्याक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे ।

शहीद स्मारक लिग विजेता चर्च ब्वाइज युनाइटेडले भने मौका बनाए पनि सफल हुन सकेन ।

१० टिमबीच सहभागी यस प्रतियोगिताको दोस्रो खेल आइतबार न्युरोड टिम (एनआरटी) र थ्रीस्टार क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामा हुनेछ ।

केपी ओली कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय