 
																			१२ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भने भइरहेको बताए ।
‘मलाई के लाग्छ भने यो सोसल मिडियाले मिस कम्युनिकेसनको कुरा गरेको छ । गलत सूचना संप्रेषण भइरहेको छ र समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ’, उनले भने, ‘तर, लोकतन्त्र नै खतरामा पार्यो भन्ने चाहिँ होइन । यसलाई त नियमन गर्ने पाटो छन् ।’
उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4