
६ चैत, काठमाडौं । साथीको हत्या गरेर २१ वर्षसम्म फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान घर भएका ४१ वर्षीय तिखे भनिने तेजबहादुर राई छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले राईलाई २१ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरी स्रोतका अनुसार उनी भारतबाट पक्राउ परेका हुन् । राईले २१ वर्षपछि २०५९ असोज १४ गते काठमाडौं महानगरपालिका–२९ मरुढोका इनाटोलस्थित राँगा काट्ने बधशालामा सञ्जय शाहीको हत्या गरेका थिए ।
इनाटोलका स्थानीय बासिन्दा शाहीसँग मदिरा सेवन गरेर भनाभन भएपछि राईले हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए ।
विनोद शाहीले सञ्चालन गरेका बधशालामा हत्या गरेर शाहीको शव विष्णुमति खोला किनारमा फालिएको थियो ।
हत्या पछि राई भारत पुगेका थिए । भारतमा पनि उनले मासु काट्ने काम गरेका थिए ।
प्रतिक्रिया 4