
काठमाडौं । नेपाली फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’का दुई पोस्टर सार्वजनिक भएका छन् । यो फिल्म बच्चामा देखिने अटिजम र व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा आधारित छ ।
अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा यसमा छ । पोस्टरमा प्रयोग गरिएको रङ् संयोजनले पनि फिल्मको थिम दर्शाउँछ ।
अनेकौँ आकांक्षाबीच जेलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने लेखक, निर्देशक तथा अभिनेत्री अनिता पण्डितले बताइन् ।
‘नेपाली फिल्म उद्योगमा उद्योगमा एक प्रकारको जोशसहित फिल्मबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाको वकालत गर्ने मेरो उद्देश्य छ’ पण्डितले बताइन् ।
केही दिनमा ट्रेलर रिलिज गर्ने र लक्षित दर्शकको लागि प्रिमियर शोको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन् । उपयुक्त समयमा हलमा रिलिज गर्ने तयारी छ ।
यो फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय छ । आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।
प्रतिक्रिया 4