
१८ चैत, काठमाडौं । वैदेशिक रोगजारीमा क्यानडा पठाउने भन्दै ४० लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बेसिगाएँका ४१ वर्षीय सुदेश सुनुवार मुखिया छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बौद्धबाट पक्राउ गरेको हो ।
लेखनाथ भुर्तेल नाम गरेका युवा क्यनडा पठाउने भनेर ४० लाख लिएर ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
विभागले पक्राउ गर्न भन्दै पत्राचार गरेकाले मुखियालाई पक्राउ गरेर बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4