+
+

उच्च कारोबार गरेका १० ब्रोकर कम्पनीमध्ये ७ को बिक्री धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १८:३१

१९ चैत, काठमाडौं । सोमबार उच्च रकमको धितोपत्र कारोबार गरेका १० ब्रोकर कम्पनीहरुमध्ये ७ को बिक्री धेरै देखिएको छ । यस दिन १० ब्रोकर कम्पनीहरुले मात्रै २ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

यो कारोबारमध्ये यी १० कम्पनीहरुले १ अर्ब ११ करोडभन्दा बढीको धितोपत्र बिक्री गरेका छन् भने १ अर्ब ४ करोड रुपैयाँ बराबरको खरिद गरेका छन् ।  ७ ब्रोकर कम्पनीमार्फत बिक्री धेरै देखिएको छ भने ३ ब्रोकर कम्पनीमार्फत खरिद धेरै देखिएको छ ।

बिक्री धेरै देखिएका ब्रोकर कम्पनीहरुमा नासा, इम्पेरियल, भिजन, एबीसी, लिन्च, आर्यतारा र दिपशिखा छन् । त्यस्तै खरिद धेरै देखिएका ब्रोकर कम्पनीमा सनी, क्यापिटल र अनलाइन छन् । यसको अर्थ ठूला ब्रोकर कम्पनीको कारोबार प्रणााली प्रयोग गर्नेहरूमध्ये सोमबार बिक्री गर्नेहरू खरिदको तुलनामा धेरै देखिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?