+

एन्फाले पठाएन राखेपलाई स्पष्टीकरण

२०८० चैत  २० गते १६:१४ २०८० चैत २० गते १६:१४
एन्फाले पठाएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो स्वीकृति विना पदाधिकारी विदेश पठाएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्पष्टीकरण साेधेको थियो ।

३ दिनको समय दिएर १५ चैतमा स्पष्टीकरण सोधे पनि तोकिएको समयावधिपछि पनि एन्फाले स्पष्टीकरण पठाएको छैन ।

बिदाको दिन बाहेक १८ चैतसम्म राखेपमा जवाफ पुग्नुपर्ने थियो । तर आज (२० चैत) सम्म पनि स्पष्टीकरण नआएको राखेपले बताएको छ ।

‘मन्त्रालयको चिठी बमोजिम हामीले पुनः पत्र पठाएका हौं । तर हालसम्म जवाफ आएको छैन,’ राखेप संघसंस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले अनलाइनखबरसँग भने ।

एन्फा राखेप स्पष्टीकरण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय