बास्केटबल विकासका लागि त्रिपक्षीय सम्झौता
२०८० चैत २१ गते २२:५८
२१ चैत, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ ।
विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बास्केटबलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबलको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गर्ने गरी सम्झौता भएको जनाइएको छ । यसअघि नेपाल रग्बी संघ र नेपाल ब्याडमिन्टन संघसंग पनि यस्तै प्रकारको सम्झौता भएको थियो ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4