नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, सोमपाललाई विश्राम
२०८१ वैशाख ५ गते १४:०९
५ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।
नेपाल र साउदी अरबको खेल ८-८ ओभरको हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २ :१५ मा सुरु हुनेछ ।
नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई आज विश्राम दिएको छ । उनको स्थानमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी खेलेका छन् ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।
बेन्च : अनिल शाह, सोमपाल कामी र विवेक यादव ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4