+

सी डिभिजन लिग : सानेपाको पहिलो जित, सोसियल वेलफेयर र खालीबारीको दोस्रो बराबरी

२०८१ वैशाख  ५ गते २०:४४ २०८१ वैशाख ५ गते २०:४४
सी डिभिजन लिग : सानेपाको पहिलो जित, सोसियल वेलफेयर र खालीबारीको दोस्रो बराबरी

५ वैशाख, काठमाडौं । सानेपा क्लबले शहीद स्मारक सी डिभजन लिगमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सानेपाले स्वयम्भु युथ क्लबलाई २(१ ले हरायो ।

पेम्बा दोर्जेलामाले चौथो मिनेटमै गोल गर्दै सानेपालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै स्वयम्भुले बराबरी गोल फर्कायो । ४८औं मिनेटमा सुग्रित मगरले गोल गर्दै खेल बराबरी गरेका थिए । तर ८५औं मिनेटमा नारजन जंग शाहीले गोल गर्दै सानेपालाई जित दिलाए ।

यसअघि एक बराबरी र एक हारको नतिजा निकालेको सानेपाले पहिलो जितपछि तीन खेलबाट ४ अंक जोडेको छ ।

यस्तै बुधबारै भएको अर्को खेलमा सोसियल वेलफेयर स्पोर्ट्स सेन्टर क्लब र खालीबारी युथ क्लबले १(१ को बराबरी खेलेका छन् । दुवैको यो लगातार दोस्रो बराबरी हो ।
रोनाल राईले २२औं मिनेटमा गोल गर्दै खालीबारीलाई पहिले अग्रता दिलाएका थिए । तर ६४औं मिनेटमा निरज परियारले सोसियल वेलफेयरका लागि बराबरी गोल फर्काए ।

पहिलो खेलमा जित हात पारेको सोसियल वेलफेयरले दोस्रो खेलमा बराबरी खेलेको थियो । उता उद्घाटन खेलमा पराजित भएको खालीबारीले पनि दोस्रो खेलमा बराबरी खेलेको थियो ।

बराबरीपछि तीन खेलबाट सोसियल वेलफेयरको ५ अंक भएको छ भने खालीबारीको २ अंक भएको छ ।

सानेपा सी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय