+
+

प्रभु बैंकका ३ सञ्चालकको राजीनामा स्वीकृत, संस्थापक सेयरधनीबाट २ सञ्चालक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १०:४९

९ वैशाख, काठमाडौं । प्रभु बैंकका दुई जना संस्थापक सेयरधनीसहित तीन जना सञ्चालकले दिएको राजीनामा स्वीकृत भएको छ ।

बैंकमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू रमेश सिंह खड्का र शंकरप्रसाद कालीकोटा तथा स्वतन्त्र सञ्चालक गीता प्रधानले दिएको राजीनामा बैंकले स्वीकृत गरेको छ ।

७ वैशाख शुक्रबार बसेको बैंक सञ्चालक समितिको राजीनामा स्वीकृत गर्दै रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनीबाट अंगिरमान सिंह र तारा मानान्धर नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?