 
																			२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अमेरिका उड्नुअघि जारी गरेको परिपत्रले पार्टीमा विस्फोटक स्थिति बनेको बताएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेताहरूले राईको नेतृत्वमा नयाँ दल बनाएका थिए । नयाँ दल दर्ता भएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेताहरूले पार्टी फुटका लागि यादव जिम्मेवार रहेको बताए ।
यादवले पार्टीमा आफूखुसी गर्दै आएको बताए । उनका अनुसार पार्टीमा स्वेच्छाचारिता हावी भएको र पारदर्शी नभएको भनेर पार्टीमा असन्तुष्टि थियो । महाधिवेशनबाट पार्टी नै कब्जा गर्न खोजेको भन्दै उनले भने, ‘महाधिवेशन कुनै नेतालाई श्रीपेच लगाइदिने ठाउँ होइन, समस्या हल गर्ने स्थान हुनुपर्छ ।’
त्यसमाथि एकता महाधिवेशन भनेकाले शीर्ष नेताहरूको सहमति गरेर जानुपर्ने आफूहरूको मत भएको बताए । तर यादवले अमेरिका उड्नुअघि जारी गरेको परिपत्रले पार्टीमा विस्फोटक रूप लिएको उनले बताए ।
१८ मध्ये ८ जना कार्यकारिणी सदस्य मात्र उपस्थित भएको बैठकपछि यादवले आफूखुसी परिपत्र जारी गरेको र त्यसमा विधानमै व्यवस्था नभएको निर्वाचन समिति बनाएको र प्रतिनिधि छनोटको अनुपात पनि नमिलेको बताए ।
परिपत्रमार्फत यादवले ‘तपाईंहरू नभए पनि हुन्छ, यो पार्टी मैले चलाउने हो’ भन्ने सन्देश दिएको भन्दै उनले अघि भने, ‘महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने देखिएपछि विस्फोटको रूप लिएको हो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4