+
+
WC Series
पोखरा एभेन्जर्स 2025
26/1 (4.1)
VS
९५ बलमा १४० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कामीरिताले तोडे आफ्नै कीर्तिमान, २९औं पटक सगरमाथा चुचुरोमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १०:२२
Photo Credit : फाइल तस्वीर ।

३० वैशाख, काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको सेभन समिट प्रालिले जनाएको छ ।

योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका छन् । ‘व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन्’, सेभेन समिटले भनेको छ ।

सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?