+
+

पूर्वप्रधानसेनापति थापाको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १८:३७

३ जेठ, काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपाल वरसिंह थापाको निधन भएको छ ।

छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ८५ वर्षको उमेरमा उनको निधन भएको सैनिक प्रवक्ता गौरव केसीले बताए । उनका अनुसार, फोक्सो सम्बन्धी समस्याका कारण थापा केही समयदेखि ग्रसित थिए ।

पछिल्लो पटक गएको सोमबार उनी छाउनी अस्पताल भर्ना भएका थिए । उनको पार्थिव शरीरलाई बिहीबार नै पशुपति आर्यघाटमा सेनाको एक टुकडीबाट अन्तिम सम्मानसहित अन्त्येष्टि गरिएको केसीले बताए ।

थापा २०१४ असोजमा नेपाली सेनामा भर्ना भएका थिए । उनी १ जेठ २०५२ देखि ३१ वैशाख २०५६ सम्म प्रधानसेनापति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?