
८ जेठ, विराटनगर । करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ ।
मंगलबार मोरङ बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
डीएसपी बस्नेतका अनुसार शेर्पाले आफ्नै फार्मभित्र कुखुरा फार्म सञ्चालन गरेका थिए । फार्मभित्र पंखा जोड्ने क्रममा बिहान ९ :२० बजेतिर उनलाई करेन्ट लागेको थियो ।
पंखा जोड्दै गर्दा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका शेर्पालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4