
८ जेठ, चितवन, । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी दुई वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिइएको हो ।
बाघले निकुञ्जबाट बाहिर निस्किएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो । डार्टको प्रयास असफल भएपछि खोरमा बाख्रा राखी बाघलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जका पशु चिकित्सक, पाँच हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई अहिले सौराहामा राखिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4