+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ईसीडी सुधारका लागि प्रदर्शनमा रहेका नेत्रलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १७:३३

११ जेठ, काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ नाराका साथ उभिएर एकल प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ ।

मन्त्रालयले वार्ताका लागि बोलाएपछि सिंहदरबार गइरहेको चापागाईंले जानकारी दिए । वार्तामा आफूले उठाएको माग सम्बोधन हुने भए मात्रै सहमति हुने उनले बताए ।

चापागाईंले भने ‘शिक्षाको जग प्रारम्भिक बाल विकास (ईसीडी) कक्षा भएकाले दक्ष जनशक्ति, उच्च सेवा सुविधा र तालिमप्राप्त शिक्षक राख्न सरकार प्रतिवद्ध हुने हो भने मात्रै सहमति जुट्छ ।’

चापागाईंले आन्दोलन सुरु गरेको चार दिनपछि (६ जेठ) मा प्रदर्शनस्थलमा गएर शिक्षामन्त्री सुमना श्रेष्ठले वार्तामा बोलाउने प्रतिवद्धता गरेकी थिइन् । उनलाई आन्दोलन सुरु भएको ९ दिनपछि वार्तामा बोलाइएको छ ।

चापागाईंले माइतीघरमा २ जेठदेखि हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म उभिएर एकल प्रदर्शन गर्दै आएका छन् ।

उनले ईसीडी तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर एकल प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?