+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अस्पताल अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादव पुगे मेडिसिटी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १४:०५

२३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव ललितपुरस्थित मेडिसिटी अस्पतालको अनुगमनमा निस्किएका छन् ।

काठमाडौंका केही ठूला सरकारी अस्पतालको अनुगमनपछि उनी ठूलो लगानीको निजी अस्पतालको निरीक्षणमा निस्किएका हुन् ।

भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाइका साथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका थिए ।

मन्त्री यादवले अस्पतालको हेलिप्याड, आईसीयू, अपरेसन थिएटर, डायलायसिस तथा ग्यास्ट्रो विभागको अवलोकन गरे ।

मेडिसिटीले पाँच वर्षदेखि विपन्न नागरिक औषधि उपचार योजना लागू गर्दै आएको जनाएको छ । यसबाट झण्डै दुई हजार मानिसले उपचार सेवा प्राप्त गरेको अस्पतालको भनाइ छ ।

यसअन्तर्गत हालसम्म ३०४ जनाले मुटु सम्बन्धी उपचार तथा शल्यक्रिया गरेका छन् भने १ हजार ५४३ जनाले क्यान्सर सम्बन्धी र १४६ जनाले डाइलायसिस सेवा लिएका छन् ।

अवलोकनको क्रममा स्वास्थ्य मन्त्री यादवले अस्पतालहरूको वर्गीकरण, मेडिकल टुरिजम तथा अस्पतालमा हुनुपर्ने सेवा सुविधाको विषयमा छलफल गरेका छन् ।

ठूलो संख्यामा नेपालीहरू उपचारका लागि विदेसिनुपर्ने बाध्यताको विषय उठान गर्दै नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालका अस्पतालहरूलाई नै अन्तर्राष्ट्रियस्तरको सेवा सम्पन्न बनाउन सके नेपाल मेडिकल टुरिजमको हब बन्न सक्ने बताए ।

मन्त्रीको निरीक्षणका क्रममा औषधि आयात प्रक्रियालाई सहज बनाउनुपर्ने, क्यान्सर रोगका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकहरूलाई पनि छोटो समयका लागि नेपालमा काम गर्ने अनुमति दिइनुपर्ने जस्ता विषय अस्पतालले उठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?