+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बोधिचित्त प्रकरण : एक महिना हिरासत राखेर संलग्नता नदेखिएको भन्दै एक जना छुटे

दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते २१:२८

२८ जेठ, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, तिमालमा रहेको लाखौं रुपैयाँ बराबरको बोधिचित्तको रुख काटिएको प्रकरणमा पक्राउ परेका एक जनालाई प्रहरीले झण्डै एक महिना हिरासतमा राखेर छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले विष्फोटक पदार्थ, आपराधिक उपद्रव र संगठित अपराधको कसूरमा संलग्नता पुष्टि नभएको भन्दै प्रभात भनिने दुर्गाबहादुर तामाङलाई छाडेको हो ।

काभ्रे प्रहरीका एक अधिकृतका अनुसार, प्रहरीको सिफारिसमा जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।

जिल्लाको निर्णय उच्च सरकारी वकिलको कार्यालय, ललितपुर पनि पठाइएको छ । यसबारे महान्यायाधिवक्तको कार्यालयबाट अन्तिम निर्णय हुनेछ । योसँगै प्रभात थुनामुक्त भएका छन् ।

प्रहरीको सिफारिसमा धिरज भनिने श्यामकृष्ण मैनालीलाई पनि मुद्दा नचलाउने निर्णय गरेको छ । तर, उनी बोधिचित्त लुटपाटको अर्को मुद्दामा फरार रहेकाले तत्काल छुटेका छैनन् । २९ चैतको मध्यराति अज्ञात समूहले भएको बोधिचित्तको रुख काटिदिएको थियो ।

सरकारी वकिलले प्रकरणमा पक्राउ परेका सिजन भनिने मानबहादुर तामाङ, महाविर पुन भनिने विश्वनाथ चौधरी, तिमाल घर भइ अष्ट्रेलिया बस्दै आएका कविन्द्र तामाङ, सागर मैनाली भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान, रामजी श्रेष्ठ र चिनियाँ नागरिक याङ कैलिङविरुद्ध मुद्दा दायर गरेका थियो ।

उनीहरुमध्ये हिरासतमा रहेका सिजन र चौधरीलाई जिल्ला अदालत, काभ्रेले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सिजनले बोद्धिचित्तको रुख काटिनुअघि ‘गेम इज ओभर’ भन्दै परिवारका सदस्यलाई धम्कीपूर्ण म्यासेज पठाएको खुलेको थियो ।

चौधरीले भने रुख काटिएपछि आफूहरुको पार्टीको निर्णय बमोजिम काटिएको भन्दै विज्ञप्ति जारी गरेका थिए । उनले रुख काट्ने प्रस्ताव सागर मैनालीले ल्याएको समेत खुलाएका छन् । तर, मैनालीले के नियतले पार्टीको नाममा नचाहिँदो कार्य गरेको त्यसबारे थाहा नभएको उनले बयान दिएका थिए ।

बाँकी फरार प्रतिवादीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?