+
+

ग्लोबल आईएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता

ग्लोबल रेमिट मार्फत् नेपालमा पैसा पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १९:०८

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारको गल्फ एक्सचेन्ज कम्पनीबीच सम्झौता भएको छ । कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत् सहजै नेपालमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएको छ ।

ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकका शाखा कार्यालय, आईएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टमार्फत् भुक्तानी लिन सकिनेछ ।

साथै ग्लोबल आईएमई बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आफन्तलाई पनि कतारबाट सहज रूपमा रेमिटेन्स पठाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?