 
																			२२ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दलाल पूँजीपतिहरूको भूलभुलैयामा परेको बताएका छन् ।
मंगलबार माओवादी केन्द्र कोशी प्रदेश समितिको सातौं बैठकमा बोल्ने क्रममा प्रचण्डले यही कारण पार्टीमा गम्भीर समस्या आएको बताएका हुन् ।
‘हाम्रो पार्टी दलाल पूँजीपति र विभिन्न गिरोहको भूलभुलैयामा पर्यो’ उनले भने ‘यसले नेता र कार्यकर्तालाई प्रदूषित बनायो । अध्यक्ष भएको नाताले म यसमा आत्मालोचना गर्छु ।’
बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएका कारण पूँजीपतिहरूले पार्टीमा चलखेल गरेको प्रचण्डको भनाइ छ ।
उनले पार्टी विभाजनले पनि माओवादी आन्दोलन अर्कै मोडमा पुगेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4