 
																			११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।
समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका विषय रहेको रास्वपाका नेताहरूले बताएका छन् ।
रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ । अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4