+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

मकवानपुरमा पहिरो खसेर स्कुल भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते ९:१६

१३ भदौ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा पहिरोले पुरिएर विद्यालय भत्किएको छ । बकैया गाउँपालिका-१२ कोलखोपमा रहेको श्री प्राथमिक विद्यालय कोलखोपको स्कुल मंगलबार गएको पहिरोले क्षति पुर्‍याएको हो ।

अविरल वर्षाको कारण माथिबाट झरेको पहिरोले विद्यालयको दुई वटा कोठामा क्षति पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरोले विद्यालयको २ वटा कोठा भत्काएको उनको भनाइ छ ।

डीएसपी भण्डारीका अनुसार पहिरोले पुरिँदा कोठाभित्र रहेको फर्निचर र फाइलहरु  पूर्ण रुपमा क्षति भएको र भवनसँग जोडिएको शौचालयमा पनि आंशिक  क्षति पुर्‍याएको छ ।

मंगलबार साँझ ६ बजे गएको पहिरोले विद्यालय भत्किएको जानकारी बुधबार दिउँसोमात्रै प्राप्त भएको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?