+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १३:४४

१६ भदौं, विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो ।

यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै बाड्नेछ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरु स्मार्ट कार्डको प्रतिपक्षामा छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका निमित्त सचिव  कमल थापाका अनुसार अब नयाँ ट्रायल पास गर्नेहरुलाई अस्थायी कार्ड दिइनेछ । यसअघि ट्रायल पास भएको कागज वितरण गरिन्थ्यो ।

अस्थायी कार्ड वितरणको परीक्षण यातायात कार्यालय विराटनगरबाट सुरु भएको छ । ‘ट्रायल पास गरेकालाई क्यूआर कोडसहितको एक वर्षको अस्थायी कार्ड वितरण गर्दैछौं,’ उनले भने,‘ विराटनगरमा परीक्षण गरि अन्य कार्यालयहरुमा पनि पठाउँछौं।’

शनिबार ट्रायल पास गरेकाहरुलाई आजबाट परीक्षणको रुपमा अस्थायी कार्ड छपाएर वितरण गरिनेछ । अस्थायी कार्डका लागि यातायात कार्यालय विराटनगर शाखालाई मेसिनसहित तीन हजार अस्थायी कार्ड  पठाएको  थियो।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो । अस्थायी कार्ड छपाइ गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?