+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १२:१७

१९ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा रसुवा घर भई तारकेश्वर बस्दै आएका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ स्थित लोलाङको तरकारी बजार नजिकैको नागिन खोलाले ती बालकलाई बगाएको थियो । मंगलबारदेखि नै खोजी जारी भए पनि अहिलेसम्म बालकको अवस्था पत्ता नलागेको एसपी अधिकारीले बताए ।

खोलामा छाता खस्दा टिप्ने क्रममा ती बालक बगेका थिए । रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ती बालक परिवारसँग तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वर ढुंगाधारमाा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?