+
+
WC Series
पोखरा एभेन्जर्स 2025
57/4 (8.6)
VS
६६ बलमा १०९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १८:१८

६ असोज, विराटनगर। एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।

आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो । ६ सदस्यीय कार्यदलमा दुई जना मन्त्री छन् ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ छन् ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कार्यदललाई न्यूनतम साझा कार्यक्रम तय गर्न २३ असोजसम्मको समय दिइएको छ।

समितिले तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले आफ्नो काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?