 
																			१४ असोज, हेटौंडा । सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ बालकको शव श्रद्धाञ्जलीका लागि हेटौंडाको हुप्रचौरमा राखिएको छ ।
गत शनिबार इन्द्रसरोबर गाउँपालिका सिस्नेरीमा पहिरोमा पुरिएर बत्सलादेवी माविमा फुटबल सिक्दै गरेका ६ जना बालकको मृत्यु भएको थियो ।
मृत्यु भएकामध्ये हेटौंडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योन्जन र बाराका विकल रेग्मीको शव श्रद्धाञ्जलीका लागि हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रचौरमा राखिएको हो ।
उनीहरुको शव सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमा हेटौंडा ल्याइएको थियो । शव ल्याएपछि जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जली कार्यक्रम राखेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4