+
+

सर्ट्स भिडियोको वर्चस्व देखिएको युट्युब ट्रेन्डिङको शीर्षस्थानमा ‘जारी’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १४:२०

काठमाडौं । केही समयदेखि सर्ट्स भिडियोको वर्चस्व देखिएको युट्युबको नेपाल ट्रेन्डिङमा फिल्म ‘जारी’ समावेश भएको छ । सोमबार रिलिज भएको यो फिल्मलाई बुधबार दिउँसोसम्म २८ लाखभन्दा बढी पटक हेरिएको छ ।

ट्रेन्डिङमा ‘जारी’पछि सर्ट्स भिडियो मात्र छन् । संगीत खण्डतर्फको ट्रेन्डिङमा उर्गेन दोङको दशैं गीत शीर्षस्थानमा छ । फिल्म खण्डतर्फ फिल्म ‘१२ गाउँ’को ट्रेलर शीर्षस्थानमा छ ।

गत वर्षको वैशाख १ गते हलमा रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्मले १७ करोड ३० लाख कमाइ गरेको थियो । हल रिलिजको डेढ वर्षपछि युट्युबमा रिलिज भएको यो फिल्म हेर्न दर्शक युट्युबमा ओइरिएका हुन् । यसले युट्युबमा पनि सकारात्मक समीक्षा प्राप्त गरेको छ ।

शीर्ष ट्रेन्डिङको १९ औं स्थानमा बलिउड फिल्म ‘सिंघम अगेन’को ट्रेलर छ । त्यसपछि ‘१२ गाउँ’को ट्रेलर छ । मौलिक कथावस्तुमा गाउँको कथा रुचाउने दर्शकलाई दशैंको माहोलमा ‘जारी’ आकर्षक फिल्म हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?