+

ओमानी कप्तान अकिबले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

२०८१ कात्तिक  ४ गते ९:२५ २०८१ कात्तिक ४ गते ९:२५
ओमानी कप्तान अकिबले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

४ कात्तिक, काठमाडौं । ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगर किंग्सले आइतबार सामाजिक सञ्जालमार्फत ओमानका अलराउण्डर अकिबलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय अकिब विराटनरको पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएका हुन् । ‘एनपीएलमा विराटनगर किंग्सको हिस्सा बन्न पाउँदा म एकदमै खुशी छु’, अकिबले भनेका छन् ।

उनले लिगमा आफ्नो टिम विराटनगरलाई समर्थन गर्न आग्रहसमेत गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने विराटनगरको मार्की प्लेअरमा छन् । अब यी दुई खेलाडीले सँगै एनपीएल खेल्नेछन् । अकिबले ओमानको टिमबाट यसअघि नेपालमा आएर खेलिसकेको अनुभव छ ।

अकिबले ओमानका लागि ३२ ओडिआई तथा ५६ टी२० आई खेल खेलेका छन् । उनले ओडिआईमा २ शतकसहित १ हजार २३४ रन बनाएका छन् । यस्तै टी२० आईमा १० अर्धतशक मद्दतमा १ हजार ३३० रन बनाएका छन् । उनले ओडिआईमा २३ र टी२०आईमा ४७ विकेट समेत लिएका छन् ।

एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगरले आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ’ब्राएनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । एनपीएलमा हरेक टोलीले ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

यसअघि नै हरेक टिमले मार्की प्लेअर र अक्सनमार्फत १० खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै हरेक टोलीले ट्यालेन्ट हन्टबाट १ खेलाडी टिममा राख्नुपर्नेछ । एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि एनपीएलका लागि पोखरा एभेन्जर्सले अमेरिकान विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरिसकेको छ ।

विराटनगर किंग्स टिम:

सन्दीप लामिछाने (मार्की प्लेअर), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ ।

अकिब इल्यास एनपीएल नेपाल प्रिमियर लिग विराटनगर किंग्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय