+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

शितलनिवास अगाडि प्रदर्शन गरेको आरोपमा तीन पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते १८:५१

८ कात्तिक, काठमाडौं । बाँकेकी महिला निर्मला कुर्मीको न्यायका लागि भन्दै प्रदर्शन गर्न राष्ट्रपति कार्यालय, शितलनिवास पुगेका तीन जना  पक्राउ परेका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शितलनिवास गेटबाट सकिला तेली, ललिता थारु र अनिता थारुलाई पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाँकेकी मानवअधिकारकर्मी रुबि खानको नेतृत्वमा ७७ दिनदेखि कुर्मीको न्यायको माग गर्दै प्रदर्शन भइरहेको छ ।

खानसहितको एउटा समूह बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको थियो भने तीन जनाको समूह न्यायका लागि याचना गर्दै शितलनिवास पुगेको थियो ।

‘हाम्रो आवाज नसुनिएपछि उहाँहरु शितलनिवास जानुभएको थियो, तर प्रहरीले गेटबाटै पक्राउ गर्‍यो’, खानले भनिन्, ‘उहाँहरु शान्तिपूर्ण तरिकाले संविधानको किताब बोकेर त्यहाँ पुग्नुभएको थियो ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ परेकाहरुलाई बेलुकी अधिकारकर्मीहरुको जिम्मामा छाडिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?