+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनमोल र माग्ने बूढाले थाले ‘जेरी अन टप’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते १४:०१

काठमाडौं । अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायांकन थालेका छन् ।ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै यो रोमान्टिक फिल्मको छायांकन थालियो । त्यसअघि ‘कास्ट एड क्रू’ले मन्दिरमा पूजाआजा गर्दै प्रोजेक्ट सफलताको कामना गरे ।

हलमा ‘छक्कापञ्जा ५’ चलिरहँदा माग्ने बूढा भने नयाँ फिल्मको तयारीमा जुटेका हुन् । उनले अनमोलको पछिल्लो फिल्मको प्रशंसा गर्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

‘फर्की फर्की हेर्दा मलाई कता कता पर्दामा म पनि भएको भए जस्तो हुन्थ्यो,’ केदारले उक्त अवसरमा भने । अनमोलले पनि माग्ने बूढासँग सहकार्य गर्न पाउँदा प्रसन्नता व्यक्त गरे ।

माग्ने बूढाको ऊर्जाबाट आफू प्रभावित भएको उनले बताए । ‘केदार दाइसँग पहिले पनि मेरो भेट त भएको थियो कार्यक्रममा । यसपटक जेरीको दौरानमा मैले अझ बढी कुरा सेयर गर्ने मौका पाएँ,’ अनमोलले भने, ‘उहाँ यो उमेरमा पनि बिहानै उठेर जसरी स्क्रिप्टमा लाग्नुहुन्छ, उहाँको इनर्जीबाट प्रभावित छु ।’

निर्देशक सुयोग गुरुङले दुई पुस्ताका कलाकारलाई एउटै पर्दामा देख्न पाउनु महत्वपूर्ण क्षण भएको बताए । ‘हामीले पछिल्लोपटक नयाँ कलाकार कास्ट गरेका छौं । केदार र विपनाजी जोडिनुभएको छ । हाम्रो लागि यो फाइदाको कुरा हो,’ उनले भने, ‘दर्शकलाई मनोरञ्जन दिन यो भन्दा अर्को उपाय छैन ।’

यो फिल्ममा भुवन केसी र विपना थापा पनि कलाकारको रुपमा छन् । १८ वर्षपछि यी दुई कलाकारले स्क्रिन सेयर गर्न लागेका हुन् । भुवनको भने तीन वर्षपछि अभिनयमा पुनरागमन हो । आँचल र जसिताले पनि को–स्टारहरुको प्रशंसा गर्दै चरित्र चित्रणमा मेहनत गर्ने बताए ।

अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । यसअघि निर्माण भएको अनमोलकै फिल्म ‘जेरी’सँग यसको सम्बन्ध नरहेको बताइएको छ । ५० दिनको छायांकन तालिका राखिएको फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?