+

उपचार गर्दा क्यान्सर कोषिका कस्तो बेला टुक्रिन्छन् ?

२०८१ कात्तिक  २५ गते १३:४१ २०८१ कात्तिक २५ गते १३:४१
Shares
उपचार गर्दा क्यान्सर कोषिका कस्तो बेला टुक्रिन्छन् ?

क्यान्सरको उपचारको लक्ष्य भनेको टयुमरलाई नष्ट गर्नु हो । यदि ट्युमर निश्चित समयभन्दा अघि छिटो टुक्रिन्छ वा मर्छ भने केही पदार्थ रगतमा छोड्छ । क्यान्सर कोषिका छिटो टुक्रिएमा रगतले सो बाँकी रहेको पदार्थ हटाउन सक्दैन । जसलाई चिकित्सकीय भाषामा टयुमर लसिस सिन्ड्रोम भन्ने गरिन्छ ।

क्यान्सर रोगको उपचार क्रममा ट्युमर लसिस सिन्ड्रोम प्राण घातक लक्षणका रुपमा  देखा पर्न सक्छन् । लक्षणहरुमा शंकास्पद मान्नुपर्ने लक्षण भनेको डल्लोको रुपमा विकसित ट्युमर वा छाला वरपर देखिने बाक्लो किसिमको क्यान्सरको घाउ हो ।

प्राय: रगत सम्बन्धी क्यान्सरको उपचारको क्रममा यस्तो लक्षण देखिन्छ । क्यान्सर र ट्युमर आफैंमा एउटा नराम्रो कोषिकाहरुको उत्पत्ति र वृद्धि हो । यी कोषिकाहरुभित्र दूषित विषालु तरल पदार्थ सडेको मांसपेशी, विकृत अवयव र क्यान्सरजन्य तत्व हुन्छन् ।

के कारणले उपचारमा जटिलता आउँछ ?

कतिपय क्यान्सर किमोथेरापीमा प्रयोग हुने औषधिप्रति संवेदनशील हुन्छन् । किमोथेरापी क्यान्सरको ट्युमर नष्ट गर्न डिजाइन गरिएको छ । सो औषधिले टयुमर टुक्राउँदा त्यसबाट निस्कने पदार्थ रक्तप्रवाहमा मिसिन्छ । अर्थात्, किमो औषधि पाउन साथ विखण्डित भएर क्यान्सर कोषिका लिम्फोमा, ल्युकेमिया, ठोस ट्युमरहरु, ठूलो वर्गको क्यान्सर र मल्टिपल माइलोमा टुक्रिन थाल्छन् ।

यी क्यान्सर बाहेक अन्य ट्युमरहरुमा पनि विघट्नका लक्षण देखा पर्न सक्छन ।  केमोथेरापी भन्दा भिन्न इम्युनोथेरापी,  टार्गेटेड थेरापी, स्टेरोइडको प्रयोगपछि पनि यो समस्या देखा पर्न सक्छ ।

क्यान्सर टुक्रिदा रगतमा असन्तुलन

– रगतमा पोटासियमको मात्रा अत्यधिक बढ्ने

– फोस्फोरसको मात्रा अत्यधिक बढ्ने

– युरिक एसिडको मात्रा अत्यधिक बढ्ने

– क्याल्सियमको मात्रा घट्ने

यदि रगतमा पोटासियमको मात्रा बढ्ने, युरिक एसिडको मात्रा बढ्ने र क्याल्सियमको मात्रा घट्ने हो भने मिर्गौलालाई नोक्सान गर्न सक्छ । रगतमा भएका यी पदार्थलाई छान्ने काम मिर्गौलाको हो । तर पदार्थको मात्रा बढी भएमा मिर्गौलाले पनि छान्न सक्दैन ।

त्यति मात्र होइन, मुटुको धड्कन गतिलाई असन्तुलित बनाउने र कतिपय अवस्थमामा बिरामीको मृत्यु समेत हुनसक्छ । ट्युमर टुक्रिएपछि केमोथेरापी गरेको १२ देखि ४८ घण्टाभित्र पनि केही लक्षणहरु देखिन्छन् ।

के कस्ता लक्षण देखिन्छ ?

बान्ता हुने, कमजोरी महसुस हुने, थकान, मांसपेशी दुख्ने, मुर्छा पर्ने, बेहोसी जस्तो हुने, मुटुको धड्कन असामान्य तरिकाले घट्ने वा बढ़ने, हाडजोर्नी दुख्ने, रक्तचाप कम हुने र पिसाबमा रगत देखा पर्ने जस्ता लक्षण देखिनसक्छ ।

ट्युमर कतिको टुक्रिएको छ भन्ने कुराको परीक्षण रगत र पिसाबको नमुनाबाट गरिन्छ ।

उपचार कस्तो हुन्छ ?

औषधिको माध्यमबाट शरीरभित्र बढेको पोटासियम र फोस्फोरसलाई कम गरिन्छ वा पखालिन्छ । औषधिको  प्रयोगबाट पिसाबको उत्पादन वृद्धि  गरिन्छ र शरीरमा भएका हानिकारक तत्वहरुलाई  पिसाबको माध्यमबाट बाहिर फालिन्छ ।

युरिक एसिडका कणहरुलाई औषधिको प्रयोगबाट शरीर बाहिर फालिन्छ । रगतमा विषाक्तता बढेमा डाइलाइसिसबाट उपचार गरिन्छ ।

ट्युमर विघटन हुनबाट कसरी जोगिने ?

– आफ्नो पुरानो रोग जस्तो- युरिक एसिड, बाथरोग, चिनीरोगबारे चिकित्सकलाई स्पष्ट भनौं ।

– युरिक एसिड बढ्ने खाना जस्तै- रातो मासु, प्रशोधित खानेकुरा, गुलियो पेय पदार्थ नरोजौं ।

– किमो उपचार पाउनुभन्दा अगाडि किमासाइड इफेक्टबारे राम्ररी बुझौं ।

– क्यान्सररोग विशेषज्ञसँग सल्लाह गरेर मात्र किमो कहिले, कहाँ, कति गर्ने भनेर सल्लाह गर्नुपर्छ ।

क्यान्सर क्यान्सर कोषिका डा. समिम अख्तर
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
क्यान्सररोग विशेषज्ञ

डा. अख्तर हाल ललितपुरको किष्ट मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय