 
																			२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले जानकारी गराए । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने इच्छा राखेपनि सम्भव नभएको रावलले बताए । ‘उहाँहरुले हाम्रो उम्मेदवारलाई सहयोग गर्न सक्नुहुन्छ । कांग्रेसको अरु दलको उम्मेदवारलाई सघाउने अवस्था छैन,’ रावलले अनलाइनखबरसँग भने ।
कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको गत माघमा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4