 
																			४ मंसिर, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आगामी बागमती प्रदेशसभालाई बिजनेश दिन आवश्यक कानुनको मस्यौदा निर्माणका लागि सचिवहरुलाई निर्देशन दिएका छन् ।
हेटौंडा–२ स्थित मन्त्रालयमा मंगलबार कानुनमन्त्री लामिछानेको अध्यक्षतामा प्रदेशमा आवश्यक कानुन निर्माण सम्बन्धमा बैठक बसेको थियो। मंगलबारको बैठकमा प्रदेशका प्रमुख सचिव हरि लम्सालसहित मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु र मन्त्रालयका कानुन अधिकृतहरुको उपस्थिति थियो।
प्रदेश सरकारका सचिवहरुलाई उनले आगामी पुसबाट सुरु हुने पन्ध्रौं अधिवेशनमा प्रदेशसभालाई बिजनेश दिने गरी आवश्क कानुनको मस्यौदा निर्माण गर्न निर्देशन दिएका हुन् । प्रदेशसभाको चौधौं अधिवेशन १६ असोज मध्यरातबाट अन्त्य गरिएको थियो । पुसबाट नयाँ अधिवेशन सुरु गर्ने तयारीमा सरकार छ।
बैठकले केही प्रदेश ऐन संशोधन सम्बन्धि विधेयकको मस्यौदा निर्माणको विषयमा पनि छलफल भएको कानुन मन्त्रालयले जानकारी दिएको छ । संशोधन गर्नुपर्ने ऐनको विवरण र विषय वस्तु यथाशिघ्र उपलब्ध गराउन मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
मन्त्री लामिछानेले २०७९ मा बागमती प्रदेशमा निर्माण गर्नुपर्ने भनि पहिचान गरिएका कानुनको सूचिको पुनरावलोकन सम्बन्धमा मन्त्रालय मातहतको कानून मस्यौदा समितिलाई बुझाइएको प्रतिवेदनका आधारमा अझै ५२ वटा कानुन निर्माण हुन आवश्यक रहेको जानकारी दिए । जसमध्ये ४१ वटा विधेयक, ४ वटा नीति र ७ वटा नियमावली रहेको उनले बताए ।
मन्त्री लामिछानेका अनुसार प्रदेश सरकारलाई तत्काल निर्माण गर्नुपर्ने ९९ वटा कानुनको पहिचान गरिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4