 
																			७ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।
सभामुख घिमिरे राति पौने १० बजे कम्बोडिया प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4