 
																			९ मंसिर, काठमाडौँ । प्रहरीले ४० लाख ७९ हजार ८८० मुल्य बराबरको धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरका १९ वर्षीय सौखत अन्सारी रहेका छन् ।
उनको साथबाट प्रहरीले सुनको गरगहना (सिक्री, औठी, हातको बालासमे) रहेको १२.६ तोला तथा २४८ ग्राम चाँदीका गरगहना, सामसुङ कम्पनीको २ वटा मोबाइल,
क्यानन कम्पनीको ८० डी मोडलको क्यामरा बरामद गरेको छ । यस्तै ४१५ अमेरिकन डलर, ३५ अष्ट्रेलियन डलर, ५ युएइ दिराम, २० रुपैयाँ भारू, लगायतका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पडाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4