+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

क्याम्पस प्रमुख हरिभूषण हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १०:२६

१३ मंसिर, जनकपुरधाम । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा रहेको खुलेको छ ।

घटनाको सात महिनापछि बुधबार पक्राउ परेका मुख्य आरोपी बाराको आदर्शकोतवाल गाउँपालिका-२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहा सेनाका भगौडा रहेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार सुरेन्द्र नेपाली सेनाका भगौडा हुन् । २०६० सालमा नेपाली सेनामा भर्ना भएका सुरेन्द्र २०७० मा जागिर छाडेर भागेका थिए । त्यसपश्चात उनी गाउँघरमा उच्छृङ्खल तथा त्रसित बनाउने गतिविधिमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सुरेन्द्रले मिटरब्याजमा ऋण लगानी गर्ने गरेका थिए भने अर्काको ऋण पनि असुलि गरिदिने जिम्मा लिने गरेका थिए । त्यतिमात्र होइन उनले परपञ्चायत गराइदिने ठेक्का लिने, डराउने धम्काउने जस्ता गवितविधि गर्ने गरेको पृष्ठभूमि पाइएको छ ।

एक प्रहरी अधिकृतका अनुसार सुरन्द्र सोही क्रममा क्याम्पस प्रमुख कुशवाहासँगको जग्गा विवादमा सामेल थिए । र, हत्या गर्ने योजना बनाए ।

घटनापछि फरार भएका सुरेन्द्रलाई प्रहरीले मोरङबाट पक्राउ गरेर बारा ल्याएको हो ।

क्याम्पस प्रमुख कुशवाहाको २ जेठ २०८१ साँझ आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा गोली हानी हत्या भएको थियो । प्रहरीका अनुसार मृत्युअघि पनि प्रमुख कुशवाहाले सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको खुलाएका थिए ।

सुरेन्द्र घटनापश्चात भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । प्रहरीको अनुसन्धानमा हत्या घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको खुलेको छ ।

अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२, गोली थान- ७ राउण्ड, मोटरसाइकल थान ४, मोबाइल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको थियो ।

पक्राउ परेका सुरेन्द्रमाथि ज्यान मुद्दा र हातहतियार खरखजना सम्बन्धी कसुरमा कारबाही भइरहेको डिएसपी सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?