+

यू-१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

२०८१ मंसिर  १४ गते १४:०१ २०८१ मंसिर १४ गते १४:०१
यू-१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

१४ मंसिर, काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ ।

जारी खेल जित्न नेपालले २३४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।

नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।

एसिसी यू-१९ एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय